२ असार २०८३, मंगलबार

गृह मन्त्रालयलाई झण्डै दुई खर्ब बजेट

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । सरकारले गृहमन्त्रालयतर्फ एक खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमानपुनले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र सुरक्षा एकता र नेपालको हित प्रवद्र्धन गर्दै सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित सन्तुलित अन्तरराष्ट्रिय सम्बन्ध कायम गरिने बताउनुभयो ।

बजेट वक्तव्य दिँदै अर्थमन्त्री पुनले अन्तराष्ट्रिय मञ्चमा नेपालको उपस्थिति सशक्त बनाइने धारणा राख्नुभयो । नेपालको सुरक्षा नीतिलाई अझै सशक्त ढंगले अगाडि बढाइने उहाँको भनाइ छ ।