२४ जेष्ठ २०८३, आइतबार

कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ। कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याईएको छ ।

सिरोहियाको मुटुको समस्या बढेपछि आज हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको हो । उहाँलाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार गरिँदैछ ।

नागरिकता कीर्ते कसुरमा उहाँ काठमाडौंस्थित कान्तिपुरको मुख्यालय थापाथलीबाट पक्राउ पर्नुभएका उहाँलाई गत मंगलबार राति धनुषा लगिएको थियो ।

अदालतले पटक पटक म्याद थपेर प्रहरीलाई अनुसन्धानको लागि अनुमति दिँदै आएको छ । उहाँलाई अहिलेसम्म तीन पटक ३/३ दिनको लागि म्याद थप गरिएको छ ।