
काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषि क्षेत्रलाई ५७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक अनुमानित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो घोषणा गर्नु भएको हो ।
त्यसैगरी सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ । जसमा सामूहिक खेती प्रवर्द्धन गर्न सरकारी जमिन लिजमा उपलब्ध गराइने बजेटमा उल्लेख छ ।
त्यस्तै अर्थमन्त्री पुनले टीस्यू कल्चर प्रयोगशाला निर्माण गरि विरुवा उत्पादन गरिने बताउनुभयो । त्यस्तै उहाँले फलफूल क्षेत्र विकासका लागि एक अर्ब ४४ करोड विनियोजन गरिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया