२४ जेष्ठ २०८३, आइतबार

कैलाश सिरोहियालाई काठमाडौं ल्याउँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । नागरिकता कीर्ते प्रकरणमा पक्राउ पर्नुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याइँदै छ ।

स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो । प्रहरी हिरासतमै रहेका बेला स्वास्थ्य बिग्रिएपछि जनकपुरस्थित काव्या अस्पतालमा भर्ना हुनुभएका उहाँलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना गर्ने तयारी भएको हो ।

उहाँको मुटुको नशा च्यापिएको छ भने ब्लड प्रेसर पनि रहेको छ ।