२४ असार २०८३, बुधबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३२ पैसा रहेको छ । सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रुपैयाँ २६ पैसा रहेको थियो ।

आज युरो एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७९ पैसा रहेको छ । सोमबार युरो एकको खरिददर १४३ रुपैयाँ ९० पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसाले कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १७० रुपैयाँ ०५ पैसा रहेको छ । सोमबार पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८० पैसा रहेको थियो ।

आज कतारी रियाल आइतबारको तुलनामा स्थिर छ । रियाल एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।