
काठमाडौं, १४ जेठ । एमाले महासचिव शंकर पोखरेलले वर्तमान समाजको आदर्श काठमाडौंको मेयरलाई बनाएर समाज अगाडि नबढ्ने बताउनु भएको छ ।
काठमाडौंमा सोमबार आयोजित अन्तरक्रियामा उनले आफ्नो माग राख्नका लागि सफा राख्नुपर्ने सहर आफैं फोहोर गर्दै हिँडेको भन्दै समाज यस्तोको हातमा दिएर सुशासन र समृद्धिको कुरा सम्भव नभएको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘हाम्रो समाजको आइकन हामी कसलाई बनाउन खोज्दैछौ भनेर भन्दा काठमाडौंको मेयरलाई,जसले आफ्नो माग राख्नको लागि काठमाडौंका कार्यालयमा लगेर धुलो फ्याँक्छ । हाम्रो आदर्श अब समाज कसरी निर्माण गर्ने भन्दा आफूले सफा राख्नु पर्ने सहरहरु आफंै फोहोर गर्दै हिँड्ने । सिंहदरबारको फोहोर उठ्दैन्, कहिले मन्त्री क्वाटरमा लगेर फोहोर राख्न र हाम्रो आदर्श पनि त्यही बन्दैछ । समाज यस्तोको हातमा जाने, अनि हामीले सुशासन र समृद्धिको कुरा गरेर हामीले समाजलाई नेतृत्व गर्न सक्छौ ?’
यस्तै, उहाँले पछिल्लो समय सामाजिक सञ्जालले निर्माण गरेको मुखहरुसुशासन, विकास र सपनाको अवसान गर्ने एउटा बाटो मात्र भएको धारणा राख्नुभयो ।
उहाँले नेपाली समाजको आजको समस्या हल गर्न राज्यलाई बलियो बनाउनुपर्ने भन्दै बलियो राज्यले मात्र जनताको जीवन समृद्धि बनाउने सक्ने स्पष्ट पार्नुभयो ।








प्रतिक्रिया