२ श्रावण २०८३, शनिबार

एमाले धनकुटाको अध्यक्षमा लिम्बू निर्वाचित

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, १४ जेठ । नेकपा (एमाले) धनकुटाको अध्यक्षमा शिव आङ्ला लिम्बू निर्वाचित हुनुभएको छ । लिम्बु ३ सय १४ भोटल्याएर निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी निरेन तामाङले  २ सय ७ मत पाउनुभएको छ ।

उपाध्यक्षमा चिन्तन तामाङ निर्वाचित हुनुभएको छ । उहाँले २ सय ९४ मत पाउँदा अर्का प्रतिस्पर्धी मनोज राईले २ सय ९ मत पाउनुभयो ।

अधिवेशनबाट सचिवमा पर्शुराम नेपाल निर्वाचित हुनुभएको छ । नेपालले २ सय ९६ मत पाउँदा अर्का प्रतिस्पर्धी शेरबहादुर लिम्बुले १ सय ९६ मत पाउनुभएको छ ।

खुला उपसचिवमा नैन विश्वकर्मा २ सय ९३ मत ल्याइ निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी गोपाल भट्टराईले १ सय ८७ मत पाउनु भयो । महिला उपसचिवमा तुलसी राई २ सय ६५ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँकी प्रतिस्पर्धी मनकुमारी तामाङ तितुङले २ सय २६ मत पाउनुभएको छ ।

लेखा समितिका ७ जनासहित ५५ सदस्य सर्वसम्मत चयन हुनुभएको छ । पदाधिकारी र ३५ जना सदस्यका लागि मतदान भएको थियो । निर्वाचनमा ५ सय ४८ प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।