
काठमाडौं, १४ जेठ । उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले सरकार छ भन्ने अनुभूति जनताले गर्न पाउनेगरी काम गर्नुपर्ने बताउनु भएको छ । आपत विपद् पर्दा सरकार उपस्थित हुन आवश्यक रहेको उहाँको भनाइ थियो ।
सोमबार गृह मन्त्रालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उहाँले आम जनताले सरकार छ भन्ने अनुभूति गर्नकालागि आपत विपद् पर्दा सरकार उपस्थित हुनु आवश्यक भएको औंल्याउनु भयो । उहाँले परेको बेला जनधन जोगाउन सकिएन भने अन्य बेलामा सरकारको उपस्थितिका अर्थ नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो,‘आम जनताले सरकार छ भन्ने अनुभुति गर्ने भनेको नै विषेशगरी आपत विपद् पर्दा हो । तर आपत विपद् पर्दा नै सरकार उपस्थित हुनसकेन भने र जनधन जोगाउन सकेन भने सरकारले आफ्नो उपस्थिति यहाँ छु भनेर मात्र हुँदैन । त्यसैले आम जनतालाई आपत विपद् पर्दा नै सरकार उपस्थित हुने कुरा महत्वपूर्ण हुन्छ । यसमा तयारी गर्नुहोस् ।’
मन्त्री लामिछानेले कार्ययोजना बनाउँदा कार्यविधि बनाएर काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो । प्रत्येक वर्ष एक वर्षका लागि विशेषगरी मनशुनको लागि एउटा कार्यविधि बनाउनुपर्ने र कार्यविधि बनाएर अधिकार दिनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया