१ असार २०८३, सोमबार

सिरोहियाविरुद्ध राज्य लाग्यो, कानूनको गलत र कपटपूर्ण प्रयोग भयो : कृष्ण सिटौला

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकारले कानूनको गलत र कपटपूर्ण प्रयोग गरेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको आरोप लगाउनुभएको छ ।

सोमबार काठमाडौंमा गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उहाँले अदालतले कान्तिपुरका मालिक सिरोहियालाई पक्राउ गर्न पहिला आदेश नदिएको बरु सरकार आफै पक्राउ पूर्जी माग्न अदालत पुगेको दाबी गर्नुभयो ।

‘हामीले प्रधानमन्त्रीसँग भेट्दा किन यसरी सिरोहियालाई पक्राउ गरेको भनेर सोध्दा अदालती प्रकियाबाट पक्राउ पूर्जी आयो । अब अदालतले नै छोड्ला भन्ने हल्का जवाफ दिनुभयो ।’ सिटौलाले थप्नुभयो, ‘सरकारले प्रहरीलाई अदालतमा गएर पक्राउ पूर्जीको आदेश माग है नभनेको भए अदालत आफैले पूर्जी दिन्थ्यो त ? अदालत के आफै एक्टिभ भएको हो त ?’ अदालत आफैले पक्राउ गर्नलाई निर्देशन दिएको होइन, सरकार एक्टिभ भएको हो । उहाँलाई जुन परिस्थितिमा जुन तरिकाले पक्राउ गरेर लगियो र हिरासतमा राखेर जसरी अनुसन्धान भइराखेको छ, ठ्याक्कै त्यसको निष्कर्षमा भन्दा त्यो कानूनको अत्यन्त गलत र कपटपूर्ण प्रयोग भैरहेको छ ।’

सिटौलाले कान्तिपुरले पटक पटक सहकारी ठगीको विषय मुद्दाका रुपमा उठाएकाले संसदमा गृहमन्त्रीविरुद्ध संसदीय छानविन समितिको माग भएको भन्ने परेकाले नै गृहमन्त्री रवि लामिछानेले सिरोहियालाई समाएपछि सबै मिडियाले आफूबारे बोल्न छाड्छन भन्ने हेतुले सिरोहियालाई पक्राउ गर्न लगाएको आरोप लगाउनुभयो ।

गणतन्त्र स्थापनाको लागि ०६२/०६३ मा भएको आन्दोलनमा राजनीतिक दलहरुले आन्दोलन अगाडि बढाउन नसकेको स्थितिमा कान्तिपुरसँगै प्रेस जगत सडकमा आएको स्मरण गर्नुभएका उहाँले कान्तिपुर जस्तो प्रेसको मुख थुन्नु भनेको जनताको मुख थुन्नु भएको टिप्पणी गर्नुभयो ।