
जनकपुरधाम, १४ जेठ । नागरिकता किर्ते मुद्दामा पक्राउ पर्नुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज जिल्ला अदालत धनुषामा तेस्रो पटक म्याद थपका लागि पेश गरिँदै छ ।
गत शुक्रबार थप गरिएको तीन दिनको म्याद आज सकिने भएकाले तेस्रो पटक अदालतमा पेश गर्न लागिएको हो ।
१० बजेपछि उहाँलाई म्याद थपको लागि अदालतमा पेश गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।








प्रतिक्रिया