
काठमाडौं, १४ जेठ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रुपैयाँ २६ पैसा रहेको छ ।
त्यस्तै, आज युरो बढेर आएको छ । सोमबार युरो एकको खरिददर १४३ रुपैयाँ ९० पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा पुगेको छ । आइतबार युरो एकको खरिददर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसामा कारोबार भएको थियो ।
बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८० पैसा रहेको छ । आइतबार पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४५ पैसा रहेको थियो ।
आज कतारी रियाल आइतबारको तुलनामा स्थिर छ । रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।








प्रतिक्रिया