५ असार २०८३, शुक्रबार

काँग्रेसले अर्थमन्त्रीलाई रोष्टममा जान नदिएपछि…

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा आज पनि अवरोध गरेको छ ।

गृहमन्त्री रवि लामिछानेविरूद्वको सहकारी ठगी प्रकरणमा लामिछानेको नाम नै तोकेर संसदीय छानबिन समितिको माग राख्दै काँग्रेसले अवरोध जारी राखेको हो ।

यसैबीच सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षमान पुनलाई आर्थिक वर्ष ८०÷८१ आर्थिक सर्वेक्षण र सर्वजनिक संस्थानको वार्षिक स्थिति समिक्षा २८८१ पेश गर्न अनुमति दिनुभएको थियो । तर काँग्रेस सांसदहरूले अर्थमन्त्रीलाई बाटोमै रोकेका हुन् ।

अर्थमन्त्रीलाई बाटोमै रोकेपछि सत्तापक्षका सांसदहरूले काँग्रेसका सांसदहरूलाई पन्छाउँदै अर्थमन्त्रीलाई रोष्टमसम्म पु¥याउनु भएको थियो ।