१८ असार २०८३, बिहिबार

आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । सरकारले आजबाट देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन दुई सातासम्म खोप अभियान सञ्चालन गर्ने भएको छ । अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ बालबालिकालाई लगाइनेछ ।

यसअघि खोप लगाउन छुटेका बालबालिकाले पनि अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको सरकारले नेपालमा पोलियो रोगको संक्रमण अझै देखिएकाले दुई हप्तासम्म अभियान नै सञ्चालन गरी देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आईपीभी’ लगाउने विभागले जनाएको छ ।

नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइँदै छ ।

यस्तै, २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई पनि सरकारले खोप लगाउने भएको छ । ति बालबालिका सन् २०१६ देखि २०१८ को बीचमा खोप उत्पादन नहुँदा ‘आइपीभी’ लगाउनबाट बञ्चित भएका थिए ।