२७ असार २०८३, शनिबार

जनताले अनुभूत गर्ने गरी नीति, कार्यक्रम र बजेट बनाउँछौँ : मुख्यमन्त्री अधिकारी

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, १३ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जनताले सरकारको अनुभूति गर्ने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताउनुभएको छ ।

कास्कीको मादी गाउँपालिका–७ मा निर्मित थाक समाज घरको शनिबार उद्घाटन गर्दै उहाँले धेरै बोल्नेभन्दा पनि काम गरेर जनतालाई अनुभूति दिलाउने कोसिसमा आफू रहेको बताउनुभयो । त्यसका लागि प्रदेश सरकारले तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले मादी गाउँपालिकालगायत स्थानीय तहको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘बाटो निर्माण भइरहको छ, यसलाई सिक्लेससम्म पुर्‍याउने कोसिस गर्नेछौँ, खानेपानीलगायत यहाँका समस्या समाधान समाधान गर्न सधैँ सरकारको सहयोग रहने छ ।’

कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री वेदबहादुर गुरुङले यही क्षेत्रको जनप्रतिनिधिको हिसाबले जनताले भोग्नुपरेका समस्या समाधानका लागि आफू क्रियाशील बनेको बताउनुभयो ।

त्यसअवसरमा समाजघर निर्माणमा सहयोग गर्ने व्यक्ति तथा जग्गादातालगायतलाई सम्मान गरिएको थियो ।