३ श्रावण २०८३, आइतबार

कांग्रेसको नसिबमा ०८४ सम्मै प्रतिपक्षमा बस्न लेखिएको छ : विष्णु पौडेल

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १२ जेठ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको बताउनुभएको छ ।

शनिबार एमाले चितवनको ११औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष पौडेलले वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको बताउनुभएको हो । तर यो समीकरणलाई तोड्न नदिइने उहाँले बताउनुभयो ।

उहाँले कांग्रेसको नसिबमा २०८४ सालसम्मै प्रतिपक्षमा बस्न लेखिएको बताउनुभयो । ‘कांग्रेस सधैं सत्तामा रहँदा निर्वाचनमा गएको छ । एमाले सधैं प्रतिपक्षमा रहँदा निर्वाचनमा गएको छ । यसपालि कांग्रेसको नसिबमा ०८४ साल सम्मै प्रतिपक्षमा बस्न लेखिएको छ ।’ उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘यो गठबन्धन चुनावसम्मै जान्छ ।’

उहाँले गठबन्धन सरकारसँग डराएर कांग्रेस छटपटिएकोसमेत उल्लेख गर्नुभयो । ‘गठबन्धन सरकारसँग डराएर कांग्रेस छटपटिएको र बेचैनी बढेको छ । संसदमा अलोकतन्त्रको हद देखायो । कुनै मर्यदा राखेन, सत्ता पक्षको ठाउँमा आएक हुलहुज्जत गर्‍यो ।’ उहाँले भन्नुभयो, ‘कांग्रेसलाई कमजोर नपारी देशमा लोकतन्त्र बलियो हुँदैन । आगामी चुनावमा जसरी पनि परास्त पार्छौँ ।’

उपाध्यक्ष पौडेलले सहकारी संस्थाको ठगीको बारेमा छानबिन समिति बनाउने सहमतीबाट पनि कांग्रेस नै पछाडि हटिरहेको दाबी गर्नुभयो ।