१२ असार २०८३, शुक्रबार

छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक सुरु

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित कानून मन्त्रालयमा केहीबेरअघि सुरुरु भएको छ ।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहनुभएको छ ।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेको छ ।