२५ जेष्ठ २०८३, सोमबार

सगरमाथा आरोहणपछि कलाकार शेर्पाको दर्जन माग

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि कलाकार छिरिङ शेर्पाले शेर्पा गाइडहरुका लागि विभिन्न मागहरु अघि सार्नुभएको छ ।

मोडल तथा कलाकार शेर्पाले केहीदिनअघि सगरमाथाको चुचुरोमा पुगी त्यहाँ आफ्नो आगामी चलचित्र ‘टासिदेलेक’को पहिलो पोष्टरसहित विभिन्न संघसंस्थाका झण्डा पनि फहराउनुभएको थियो ।

उहाँले आरोहणका क्रममा देखेका र भोगेको कुराहरुलाई मागका रुपमा अघि सार्नुभएको छ । उहाँले राष्ट्रियस्तरबाट शेर्पा समुदायलाई आरोहीको रुपमा मात्रै व्याख्या नगरी समुदायलाई संविधान अनुरुप प्राप्त हुनुपर्ने सेवा सुविधा उपलब्ध गराई राज्यको हरेक संयन्त्रमा जोडिने वातावरण श्रृजना गर्न माग अघि सार्नुभएको छ ।

त्यस्तै, उहाँले राज्यले सगरमाथाको उपयोग गरी विभिन्न तवरले कर वा अन्य आम्दानीबाट आर्जित राजश्वको केही हिस्सा हिमाली भेगमा लगानी गर्नुपर्ने कार्यविधि निर्माण गर्न र कर्मशिल शेर्पा समुदायको हितको लागि आधुनिक शिक्षा प्रविधि र यन्त्र उपकरणको प्रयोग र परिचालन गर्न सक्ने दक्ष जनशक्ति निर्माणमा राज्यको लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आरोहरणमा आवद्ध, जनशक्तिलाई राष्ट्रियस्तरमा तालिम, परामर्श दिई कार्य क्षेत्रमा सहजीकरणको व्यवस्था गर्न, सरकारको मातहतमा नै सम्पूर्ण आरोहीको विमाको व्यवस्था गरी जोखिम न्यूनीकरणमा राज्यको प्रतिवद्धता आउनेपर्ने उहााको माग छ ।

आरोहणको क्रममा अंगभङ्ग भई अपाङ्गता भएमा उचित क्षतिपूर्ति साथै वैकल्पिक व्यवस्था निर्माण गरी जीवनयापन गर्न सहजीकरण गर्न, कार्य क्षेत्रमा दिवंगत भएका व्यक्तिहरुको सम्झनामा नेपालमा मात्र नभई विश्वका अन्य मुलुका आरोहीको त्यागलाई सम्झन र सम्मान गर्न वार्षिक कुनै कार्यक्रम र मिति तय गर्न पनि उहाँले माग गर्नुभएको छ ।

जलवायु परिवर्तनबाट हिमाली भू–भागमा परेको क्षतिलाई रोक्न राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउन, सगरमाथामा अव्यस्थित रुपमा छरिएको फोहोर मैलालाई हटाउन, हिमाली क्षेत्रलाई राज्यको केन्द्रसँग सहज रुपमा पँहुच स्थापित हुने वातारण तय गर्न पनि उहाँले माग अघि सार्नुभएको छ ।

हिमाली क्षेत्रको भाषा, कला, संस्कृति, रितिरिवाज र चाडपर्वलाई जगेर्ना गरि राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न, आरोहण चापलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्न, हिमाली क्षेत्रमा हुनसक्ने जलवायु परिवर्तनको शिकारबाट बचाउन साथै हिमाली भेगका शेर्पा समुदायलाई राष्ट्रिय हितमा लगानी गर्न उहाँले जोड दिनुभएको छ ।