२८ जेष्ठ २०८३, बिहिबार

राप्रपा केन्द्रीय कार्य समिति बैठक आजपनि, अध्यक्षले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कोे केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दै छ ।

बैठक बिहान साढे ८ बजे धुम्बाराहीमा बस्ने तय भएपनि केही ढिलो गरी सुरु हुने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

हिजोदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय कार्य समितिको बैठकमा आज पनि विभिन्न कार्यपत्रहरु प्रस्तुत गर्ने क्रम जारी रहने अध्यक्ष लिङ्देनले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजोको बैठकमा विभिन्न कार्यपत्रहरु प्रस्तुत भएका थिए । आज पनि कार्यपत्र प्रस्तुत गर्ने क्रमले निरन्तरता पाउँछ । त्यसपछि कार्यपत्रमाथि छलफल हुने छ । आज मैले राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै छु । सचिवालय, कोषाक्षध्य र प्रदेश अध्यक्षहरुले समेत आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुन्छ ।’

भोलीसम्म चल्ने बैठकमा कार्यपत्रहरु बाहेक राष्ट्रिय राजनीति र समसामयिक विषयहरुले छलफलमा महत्व पाउने लिङ्देनले जानकारी दिनुभयो ।