
काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा रहँदा बिहीबार खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, आज युरो एकको खरिददर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसामा झरेको छ । शुक्रबार युरो एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो ।
बेलायती पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४५ पैसा रहेको छ । शुक्रबार बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ २९ पैसा र बिक्रीदर १७० रुपैयाँ ०६ पैसा रहेको थियो ।
आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।










प्रतिक्रिया