९ असार २०८३, मंगलबार

द्रुतमार्गको धेद्रे सुरुङमार्ग छिचोलियो

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत धेद्रे सुरुङमार्ग छिचोलिएको छ ।

मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग शुक्रबार छिचोलिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, प्रधानसेनापति महारथी प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा, रथीवृन्दलगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैरसैनिक व्यक्तिको उपस्थिति थियो ।

धेद्रे सुरुङमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको छ ।

यसअघि गत जेठ ४ गते लेनडाँडा सुरुङमार्ग जोडेर काठमाडौंबाट निजगढतर्फको एक हजार ६ सय ३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो ।