१२ असार २०८३, शुक्रबार

शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष सकिएको छ ।

टीओआरमा सहमति गर्न बसेको बैठक निष्कर्षविहीन भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू कृष्ण सिटौला, गगन थापा र रमेश लेखक तथा माओवादी केन्द्रका नेता हितराज पाण्डे सहभागी हुनुहुन्थ्यो ।

सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नयाँ प्रस्ताव अघि सारेपछि शीर्ष नेताहरू छलफलमा जुट्नु भएको थियो । काँग्रेसले यसअघि सहकारी ठगीमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै राख्नुपर्ने माग राख्दै आएको छ ।

आज बसेको कार्यादेश तयार गर्न गठित कार्यदलको बैठकमा कांग्रेसले ठगीमा लामिछानेको नाम राख्नुको साटो उहाँ जोडिएका सहकारीको नाम राखेर समितिको टीओआर ९कार्यादेश० बनाउन सकिने नयाँ प्रस्ताव अघि सारेको छ ।