
काठमाडौं, ११ जेठ । एमालेका उपाध्यक्ष बिष्णु पौडेलले अगामी आर्थिक वर्षको बजेट देशको आर्थिक अवस्थामा आधारित हुनुपर्ने बताउनु भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को बजेटको कार्यादेशबारे छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले देशको वस्तुगत अवस्था र आर्थिक अवस्थामा आधारित बजेट बन्नुपर्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘यो बजेट मैले बुझ्दाखेरि मुलभूत रुपमा हाम्रा इच्छा र आकांक्षामा आधारित हुन सक्दैन । हाम्रो देशको वस्तुगत अवस्था के छ ? आर्थिक अवस्थाको आधारमा नै बजेट निर्माण गर्ने हो । हाम्रा स्रोत, साधन र सम्भावनाहरु के छन्, त्यसकै सापेक्षतामा बजेट निर्माण गर्ने हो । व्यक्तिगत चाहनाहरु बजेटमा अट्न सक्दैनन् ।’
नयाँ बजेट मुख्यतः सरकारको नीति तथा कार्यक्रममा आधारित भएपनि सोह्रौं पञ्चवर्षीय योजना र दिगो विकासको लक्ष्यलाई सम्बोधन गर्नेगरी बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘आगामी आर्थिक वर्षको मुख्य योजना सोह्रौं पञ्चवर्षीय योजना, दिगो विकास लक्ष्यहो । यसका बाबजुद बजेटको मुख्य आधार सरकारको नीति तथा कार्यक्रम नै हो,’ पौडेलले बताउनुभयो ।









प्रतिक्रिया