२१ असार २०८३, आइतबार

शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ११ जेठ । सत्तापक्ष एवम् प्रतिपक्षी दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरू भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, काँग्रेस महामन्त्री गगन थापा, कृष्ण सिटौला, लगायत सहभागी हुनुहुन्छ ।

सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नयाँ प्रस्ताव अघि सारेपछि शीर्ष नेताहरूबीच छलफल भइरहेको बताइएको छ । काँग्रेसले यसअघि सहकारी ठगीमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै राख्नुपर्ने माग राख्दै आएको छ ।

आज बसेको कार्यादेश तयार गर्न गठित कार्यदलको बैठकमा कांग्रेसले ठगीमा लामिछानेको नाम राख्नुको साटो उहाँ जोडिएका सहकारीको नाम राखेर समितिको टीओआर (कार्यादेश) बनाउन सकिने नयाँ प्रस्ताव अघि सारेको छ ।