१ असार २०८३, सोमबार

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत फेला

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणम दोषी ठहर भएका इन्जिनियर मृत अवस्थामा भेटिनु भएको छ ।

सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल भक्तपुरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो । ५७ वर्षीय पोखरेल घरको रेलिङमा झुन्डिएको अवस्थामा भेटिनु भएको हो ।

विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो ।