२१ जेष्ठ २०८३, बिहिबार

जीवी राईको राहदानी रद्द गर्न नमिल्ने विभागको निष्कर्ष

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । सहकारी ठगी प्रकरणमा फरार रहेको जीवी राईको राहदानी रद्द गर्न नमिल्ने राहदानी विभागले निष्कर्ष निकालेको छ ।

राहदानी ऐन, २०७४ अनुसार सहकारी ठगी अपराधमा राहदनी रद्द गर्ने प्रावधान नभएको विभागले स्पष्ट पारेको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्र पठाएको थियो। राईविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरेको छ। तर पनि उहाँ अझैसम्म पक्राउ पर्नु भएको छैन ।