
काठमाडौं, ११ जेठ । कृषि विकास बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार नेपाल टेलिकमले कृषि विकास बैंकको विभिन्न सेवा र कारोबारका सूचनाका रूपमा एसएमएस अलर्ट, बल्क एसएमएसहरू सेवा प्रदायकलाई पठाउनेछ ।
सम्झौतामा बैंकका तर्फबाट उपमहाप्रबन्धक (मार्केटिङ र सेल्स) यज्ञ प्रकाश न्यौपाने र नेपाल टेलिकमका तर्फबाट सविना मास्के (चिफ कमर्शियल अफिसर) ले हस्ताक्षर गर्नुभएको हो ।








प्रतिक्रिया