
काठमाडौं, ११ जेठ । संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक सिंहदरबास्थित कानून मन्त्रालयमा जारी रहेको हो ।
यसअघि बिहीबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन । सत्ता पक्षले आज सहमति हुने दाबी गरेपनि नेपाली कांग्रेसले भने आफूहरु आफ्नो मागमा अडिक रहेको प्रतिक्रिया दिएको छ ।
कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहनुभएको छ ।
कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेको छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसदको कारबाही अगाडी बढाउन नदिने बताएपनि सरकारले आज बस्ने संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।








प्रतिक्रिया