६ असार २०८३, शनिबार

प्रधानमन्त्रीले किन भेटे राष्ट्रपतिलाई ?

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज भेट गर्नुभएको छ ।

शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुग्नुभएका प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलकाबीचमा जारी संसद् गतिरोधबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालसँग जारी संसद्को गतिरोधबारे चासोसँगै चिन्ता व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ ।