२२ असार २०८३, सोमबार

केपी ओलीको टिप्पणी : रविविरुद्ध कांग्रेस खनिनु ‘भंगेरा मार्न तोप बोकेर निस्कनु’ जस्तै हो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताउनु भएको छ।बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताउनु भयो।

नेपाली कांग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरुद्ध गरिरहेको र एउटा पात्रका विरुद्ध खनिएको भन्दै आपत्ति जनाउनु भयो। उहाँले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताउनु भयो

कांग्रेसजस्तो पार्टी रवि लामिछानेको बिरुद्धमा खनिनु भनेको भंगेरा मार्न तोप बोकेर जानु सरह भएको अध्यक्ष ओलीले टिप्पणी गर्नुभयो।

उहाँले भन्नुभयो, ‘अहिले नेपाली कांग्रेसले केही सवाल उठायो, उठाएको पनि कुनै ठूलो कुरो भएको भए हुन्थ्यो, रवि लामिछाने की को भन्ने पात्रका बिरुद्ध कांग्रेस खनिएको छ। कांग्रेस जस्तो पार्टी रवि लामिछानेकाविरुद्ध खनिएको छ। के खनिनु। भँगेरा मार्न जाने तोप बोकेर। बल्लबल्ल राजनीतिमा आएको, एक वर्ष भयो।’

उहाँले कांग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रश्ताव गर्ने र प्रश्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने अघ्र्यल्याईं गरेको आरोप लगाउनु भयो। संसदमा मुर्दावादको नारा लगाउन नमिल्ने र अप्रमाणित कुरा संसदमा बोल्न नहुने बताउनु भयो।

‘नेपाली कांग्रेसले दुई तिरबाट अर्घेल्याइँ गरेको छ। एउटा बेलुका गएर तपाईं डेढ वर्ष प्रधानमन्त्री पहिलो प्रधानमन्त्री तपाईं खानुस् भन्ने। उसले त्यो कागजमा सही नगरेपछि भोलिपल्ट सहकारीको ठग भन्ने,’ ओलीले भन्नुभयो, ‘यो त सत्य हो नि त। यस्तो गर्नुहुँदैन। रातिसम्म प्रधानमन्त्रीका लागि ठिक, म यता लाग्न सक्दिनँ भनेपछि त्यसो भए तँ सहकारीको ठग। अलि मिलेन।’