३० जेष्ठ २०८३, शनिबार

प्रभु बैंकका ग्राहकलाई भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा विशेष छुट

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १० जेठ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई विराटनगर–७, मोरङस्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रालिले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि सर्जरी, शल्यक्रिया, पावर चस्मा, औषधी खर्च तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।

एक समारोहकाबीच भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरका सञ्चालन निर्देशक भास्करकुमार झा र प्रभु बैंकका कोशी प्रदेशका प्रमुख व्यापार केन्द्र अधिकृत बद्रिकुमार कटवालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभयो ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा पेश गर्नुपर्ने छ ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरलेले निरन्तर स्तरीय आँखा सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा परामर्श तथा उपचार सेवाहरुमा एक हजार देखि एक हजार ५ सयसम्मको छुट व्यवस्था रहेको छ ।

ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको प्रभु बैंक हालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित बैंक हो ।

नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।