२३ जेष्ठ २०८३, शनिबार

छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक आज बस्दैछ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उहाँको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ ।

कांग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ ।

यसअघि बसेका तीनवटा बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आ—आफ्नो अडानका कारण निष्कर्षमा पुग्न सकेका थिएनन् ।