१४ असार २०८३, आइतबार

लेखक कांग्रेस कार्यसम्पादन समितिको सदस्यमा मनोनीत

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत हुनुभएको छ ।

सभापति शेरबहादुर देउवाले लेखकलाई विधानको धारा २३ (२) बमोजिम केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत गर्नुभएको हो । १४औँ महाधिवेशनपछि कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय बनेको छ । तर केन्द्रीय समिति बैठक बस्न नसकेका बेला सो सरहको निर्णय अधिकार रहेको कार्यसम्पादन समिति भने ४६ सदस्यीय मात्रै हुन्छ ।

सभापति देउवाले अहिलेसम्म कार्यसम्पादन समितिलाई पूर्णता दिनुभएको छैन् । यसअघि ३७ जना सदस्य रहेको कार्यसम्पादन समितिमा देउवाले बिहीबार लेखकलाई थप्नुभएको हो । देउवाका विश्वासपात्र रहनुभएका लेखक पछिल्लो समय संसदीय दलको प्रमुख सचेतक भएपछि थप सक्रिय देखिनुभएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको व्यवस्थाबमोजिम लेखकलाई केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत गरेको जानकारी दिनुभयो । उहाँ मनोनीत भएपछि अब कार्यसम्पादन समितिमा आठ सदस्य रिक्त छन् ।