आइतबार, ३ असार २०८१
DainikNepal.com
आइतबार, ३ असार २०८१

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

दैनिक नेपाल २०८१ जेठ १० गते ६:४९

काठमाडौं, १० जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । बुधबार डलर एकको खरिददर १३३ रुपैयाँ र बिक्रीदर १३३ रुपैयाँ ६० पैसाले कारोबार भएको थियो ।

त्यस्तै, आज युरो एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा रहेको छ । बुधबार युरो एकको खरिददर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा रहेको थियो ।

आज बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा रहेको छ । बुधबार पाउण्ड एकको खरिददर १६९ रुपैयाँ १२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसाका दरले कारोबार भएको थियो ।

आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित