१९ असार २०८३, शुक्रबार

अब सेल्फी खिच्न विदेश गइरहनु पर्दैन : केपी ओली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ९ जेठ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशका जस्तै सडक, पुल लगायतका भौतिक संरचना नेपालमा नै धमाधम बनिरहेको बताउनु भएको छ ।

आज झापाको कमल गाउँपालिकास्थित पाडाजुंगीमा पूर्व पश्चिम राजमार्गको काकडभिट्टा-लौकही सडक स्तरोन्नती योजना शिलन्यास गर्दै अध्यक्ष ओलीले मुलुकको समग्र विकासका लागि भौतिक विकास पनि प्रमुख माध्यम भएको बताउनुभयो ।

अब राम्रा र फराकिला सडक तथा आकर्षक पुल नेपालमा नै बन्न थालेकाले सेल्फी खिच्नका लागि विदेश गइरहनु नपर्ने उहाँको भनाइ छ । सडकहरुको विकास र स्तरोन्नतीले विकासका धेरै आयामलाई जोड्ने उहाँको धारणा छ ।

यस प्रकारका योजनामा सबैलाई समान रुपमा अवसर प्राप्त गराउने र आफूले पनि अवसर लिने प्रयत्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।