३१ जेष्ठ २०८३, आइतबार

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका ग्राहकलाई स्काईवाकमा विशेष छुट

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल प्रा.लि. बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा वोन्डर्स नेपाल प्रा।लि। का प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गर्नुभएको हो ।

उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि। लेखनाथमार्ग ठमेल, काठमाडौं मार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आउनु भएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरुले स्काई वाकको टिकट खरीदमा १ देखि ५ जनासम्मको लागि १५ प्रतिशत र ५ जना भन्दा बढीको टिकट खरीदमा गर्दा २० प्रतिशत सम्म विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।

कार्यक्रममा पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे भने वण्डर नेपाल प्रा.लि. का प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली ले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखे । समारोहमा दुईवटै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।