आइतबार, ३ असार २०८१
DainikNepal.com
आइतबार, ३ असार २०८१

कैलाश सिरोहियामाथि अनुसन्धानका लागि ३ दिन म्याद थप

दैनिक नेपाल २०८१ जेठ ९ गते १५:४४

धनुषा, ९ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले म्याद थप गरेको छ ।

बुधबार अदालतमा दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको हो ।

सिरोहियालाई प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेश गरेको थियो ।

प्रहरीले सिरोहियालाई हिजो साँझ थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै गिरफ्तार गरेको थियो ।

सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित