५ श्रावण २०८३, मंगलबार

गृहमन्त्री लामिछानेविरुद्ध सडक प्रदर्शन गर्ने कांग्रेसको निर्णय

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा जाने निर्णय गरेको छ ।

सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ । जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा सहभागी गराउने निर्णय गरेको छ ।

केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सदनमा संसदीय छानबिन समिति गठनको मागलाई उठाउँदै पहिलो चरणमा शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्ने जानकारी दिनुभएको छ ।