९ असार २०८३, मंगलबार

काभ्रेपलाञ्चोकमा दम्पती मृत फेला

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुलिखेल, ९ जेठ । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ तीनखुट्टेमा श्रीमान श्रीमती मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ६० वर्षीय मानबहादुर बल र उहाँकी श्रीमती ५० वर्षीया केकाइमाया तामाङ आफ्नै घरमा मंगलबार मृत फेला परेका हुन् ।

मानबहादुर घरको पसलमा तथा केकाइमाया भान्छा कोठामा मृत फेला परेका उहाँले बताउनुभयो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पठाइएको र अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो ।