
काठमाडौं, ९ जेठ । कीर्तिमानी हिमाल आरोही तथा पर्वतारोही गाइड कामीरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३०औँ पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाउनुभएको छ । उहाँ ११ दिनको अन्तरालमै दुई पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नुभएको हो ।

गत वैशाख ३० गते आइतबार कामीरिताले २९औँ पटक सगरमाथाको चुुचुरोमा पुगेर आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउनुभएको थियो ।
उहाँ बुधबार बिहान ७:४९ बजे फेरि सर्वोच्च शिखर पुगेको आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमले जानकारी दिनुभयो ।
फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उहाँले विदेशी आरोही लिएर आज चुचुरोमा पुगेको कम्पनीले जनाएको छ ।
सोलुखुम्बु थामेका ५४ वर्षीया कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथा आरोहण गर्नुभएको थियो । सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा गाइड तथा पर्वतारोहीको परिचय बनाउनुभएका कामीरिताले पछिल्लो समय आफ्नै रेकर्ड तोड्दै आउनुभएको छ ।








प्रतिक्रिया