
जनकपुरधाम, ९ जेठ । नागरिकता किर्ते मुद्दामा पक्राउ पर्नुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज जिल्ला अदालत धनुषामा पेश गरिँदैछ ।
उहाँलाई हिजो प्रहरीले काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो । उहाँलाई आज बिहान धनुषा ल्याइएको हो ।
धनुषा स्थायी घर भएको भनी नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएका सिरोहियाले फरक फरक २ वटा नागरिकता नम्बर प्रयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
उहाँलाई आज कार्यालय खुलेपछि अदालतमा उपस्थित गराइने र म्याद थप गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।








प्रतिक्रिया