सोमबार, २१ जेठ २०८१
DainikNepal.com
सोमबार, २१ जेठ २०८१

इरानमा जुन २८ मा राष्ट्रपति निर्वाचन हुने

दैनिक नेपाल २०८१ जेठ ९ गते ९:०३

काठमाडौं, ९ जेठ । हेलिकप्टर दुर्घटनामा परी इरानी राष्ट्रपति इब्राहिम रायसीको दुखद निधन भएपछि देशमा तत्कालै राष्ट्रपतिको निर्वाचन हुने भएको छ । जुन २८ मा मुलुकमा तत्कालै राष्ट्रपतिको निर्वाचन हुने घोषणा गरिएको छ । तेहरानस्थित राष्ट्रपति कार्यालयमा भएको बैठकमा उक्त मिति तय गरिएको हो ।

बैठकमा इरानका कार्यकारी शाखा प्रमुख मोहम्मद मोख्बर, संसदका सभामुख मोहम्मद बगेर गालिबाफ र न्यायपालिका प्रमुख घोलाम-होसेन मोहसेनी-इजेई सहभागी हुनुहुन्थो ।

पूर्वी अजरबैजान प्रान्तमा एक दुर्घटनामा राष्ट्रपति रायसीको दुखद मृत्युपछि तीन दिग्गजहरू बीचको दोस्रो बैठक भएको थियो ।

राष्ट्रपति इब्राहिम रायसीलाई इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको उत्तराधिकारी पनि मानिन्थ्यो, त्यसैले उहाँको मृत्युलाई लिएर धेरै प्रश्नहरू उठिरहेका छन् । इरान सरकारबाट भने यसबारे खासै केही भनिएको छैन ।

इब्राहिम राईसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ ।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले मोख्बरलाई अन्तरिम कार्यभार हस्तान्तरण गर्नुभएको छ । खामेनीले संविधानको धारा १३१ बमोजिम मोख्बरलाई यो जिम्मेवारी दिइएको बताउनुभयो । मोहम्मद मोख्बरले ५० दिनभित्र राष्ट्रपति चुनावको तयारीका लागि न्यायिक प्रमुखहरूसँग काम गर्नुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित