
काठमाडौं, ९ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ र बिक्रीदर १३३ रुपैयाँ ६० पैसा रहेको छ । मंगलबार डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको थियो ।
त्यस्तै, आज युरो एकको खरिददर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा रहेको छ । मंगलबार युरो एकको खरिददर १४४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ पैसा रहेको थियो ।
आज बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ १२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा रहेको छ । मंगलबार पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसाले कारोबार भएको थियो ।
आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।








प्रतिक्रिया