३१ असार २०८३, बुधबार

कोलकाता नाइट राइडर्स आईपीएलको फाइनलमा

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले फाइनलमा स्थान पक्का गरेको छ ।

शीर्ष स्थामा रहँदै मंगलबार राति पहिलो क्वालीफायर खेलेको कोलकाताले समूह चरणको जस्तै शानदाररुपमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेर फाइनलमा स्थान बनाएको हो ।

हैदरावादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । सनराइजर्स हैदरावादले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो, जुन गलत सावित भयो । हैदरावादका दुवै ओपनर ट्राभिस हेड (०) र अभिषेक शर्मा (३) सस्तैमा आउट भएका थिए ।

यसै क्रममा नितिश कुमार रेड्डी (९) र शाहबाज अहमद (०) लाई एकै ओभरमा मिचेल स्टार्कले आउट गर्दै स्कोर ३९÷४ मा पुर्‍याए । समस्यामा परेको हैदरावादको टोलीलाई राहुल त्रिपाठीले हेनरिक क्लासेनसँग मिलेर इनिङ्स सम्हाले र पाँचौं विकेटका लागि ३७ बलमा ६२ रन जोडेर स्कोर १०० भन्दा माथि पुर्‍याए । तर, त्यहाँबाट फेरि विकेटको क्रम सुरु भयो । क्लासेन २१ बलमा ३२ रन बनाएर आउट भए । सोही क्रममा त्रिपाठीले अर्धशतक बनाए तर व्यक्तिगत ५५ रनको स्कोरमा रनआउट भए ।

कप्तान प्याट कमिन्सले २४ बलमा ३० रन बनाएर आफ्नो टोलीको स्कोर १५० भन्दा माथि पुर्याए । अन्तिम ओभरको ३ बल बाँकी हुँदा कमिन्सको विकेट गुमेपछि हैदरावाद १५९ रनमा रोकियो ।

कोलकाताका लागि मिचेल स्टार्कले सर्वाधिक तीन तथा वरुण चक्रवर्तीले दुई विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा कोलकाताको टोलीलाई रहमानउल्लाह गुरबाजले सुनिल नारायणको साथमा ४४ रनको तीव्र सुरुवात दिलाए । यो साझेदारी टी नटराजनले तोडेका थिए । गुरबाज चौथो ओभरमा १४ बलमा २३ रन बनाएर आउट भएका थिए । नारायणको ब्याट भने मौन रह्यो र उनले १६ बलमा २१ रन मात्र बनाउन सके ।

त्यसपछि वेंकटेश अय्यर र कप्तान श्रेयस अय्यरले जिम्मेवारी सम्हाल्दै ४४ बलमा ९७ रनको नटआउट साझेदारी गर्दै १४ औं ओभरमा नै आफ्नो टोलीलाई सहज जित दिलाए । वेंकटेशले २८ बलमा ५१ रन बनाए । श्रेयसले २४ बलमा ५८ रनको नटआउट पारि खेले इनिङ खेले ।

सनराइजर्स हैदरावादका लागि नटराजन र प्याट कमिन्सले एक–एक विकेट लिए ।

हारको बावजुद सनराइजर्स हैदरावादको यात्रा अझै सकिएको छैन् । यो टोली दोस्रो क्वालिफायरमा खेल्ने छ । जसमा हैदरावादले एलिमिनेटर खेल जित्ने टोलीसँग खेल्नेछ ।

एलिमिनेटर खेल राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच आज अहमदाबादमा हुनेछ । यो खेल राति पौने ८ बजे सुरुहुने छ ।