३१ असार २०८३, बुधबार

फिस्टेल एसइई कप : क्वाटरफाइनलका खेल सम्पन्न

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ८ जेठ । पोखरा-१७ तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ का क्वाटरफाइनलका खेलहरू मंगलबार सम्पन्न भएको छ ।

मंगलबार भएको पहिलो खेलमा कालिमा माविले ढुङ्गेसाँघुलाई ३–० गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

यस्तै, दोस्रो खेलमा शान्तिनिकुञ्जले न्यु लेखनाथलाई १–० ले पराजित गर्‍यो भने भद्रकाली माविले पेनाल्टी सुट आउटमा लिटिल फ्लावरलाई पाखा लगायो । अन्तिम खेलमा मदरल्यान्ड माविले रेन्बोलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्‍यो ।

छात्रातर्फको ३/३ बास्केटबलका लिग चरणका खेलहरू पनि मंगलबार नै सम्पन्न भएको छ । जम्मा ६ समूह सहभागी भएको बास्केटबलमा फिस्टेल एकेडेमी, बालकल्याण मावि, कुमुदिनी होम्स र हिल प्वाइन्ट मावि सेमिफाइनलमा प्रवेश गर्‍यो ।

सेभेन ए साइड छात्र फुटबल तथा ३/३ छात्रा बास्केटबलका सेमिफाइनल र फाइनलका खेलहरू बुधबार सम्पन्न हुने छन् । बुधबार नै ‘फिस्टेल एसइई कप २०८१’ को समापनसमेत हुनेछ ।

फुटबलतर्फ विजेता र उपविजेताले क्रमशः १५ हजार र १० हजार तथा बास्केटबलतर्फ क्रमशः १० हजार र ५ हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।