२० असार २०८३, शनिबार

थली घटना : छोराछोरीलाई पनि देहत्याग गर्ने उपाए सिकाएका थिए कृष्णले

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । काठमाडौंको थलीमा मृत भेटिएका कृष्ण नगरकोटीले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनका छोराछोरीसँग गरेको सोधपुछका आधारमा आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको हो । छोरा कृष्ण र छोरी रश्मीलाई आत्महत्या गर्न सिकाएर उनले आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उनीहरूको आर्थिक अवस्था एकदमै नाजुक थियो । भक्तपुर घर भएका कृष्णका परिवार पछिल्लो तीन महिनादेखि ट्याक्सीमै बस्दै आएका थिए।

पहिले उनीहरू काठमाडौंको रविभवन नजिक गणेशथानमा कोठा भाडामा लिएर बस्दै आएका थिए। तर कृष्णकी श्रीमतीले उनलाई छाडिन्। कोठाभाडा तिर्न नसकेपछि कृष्णले छोराछोरीलाई ट्याक्सीमै राख्दै आएका थिए ।

हिजो जेठ ७ गते बिहान १० बजेतिर रश्मीलाई सेतोपुलमा छाडेर बाबुछोरा हिँडेका थिए। ट्याक्सी बिग्रिएको र मिस्त्री ल्याउँछु भनेर उनले रश्मीलाई त्यहीँ बस्न लगाए। छोरालाई भने साथमा लिएर गए। कृष्णले रिचेनलाई साथमा लिएर गएपछि ब्लेडले घाँटी काट्न सिकाए। दुई वटा ब्लेड र १२५ रुपैयाँ पैसा पनि दिए ।

रिचेनलाई कृष्णले दक्षिणकालीको जंगलमा गएर आत्महत्या गर्नू, म पनि कतै गएर आत्महत्या गर्छु भन्दै पठाएका थिए । रिचेनलाई सोमबार नै चोभारको चाल्नाखेलमा घाँटी काट्दै गरेको अवस्थामा फेला पारेर प्रहरीले उद्धार गर्‍यो। तर मंगलबार बिहान ५ बजेर २० मिनेट जाँदा कागेश्वरी मनोहरा नगरपालिका ५ मिलनचोकको ओरालोमा बन्दै गरेको सडकको किनारमा अपरिचित पुरुष मृत फेला परेको प्रहरीलाई जानकारी आयो।

जिल्ला प्रहरी परिसरको टोली तत्काल घटनास्थलमा पुग्दा कृष्ण नगरकोटी मृत फेला परे। उनको साथबाट प्रहरीले ४ वटा ब्लेड पनि फेला पारेको छ। कृष्ण नगरकोटीको मुखमा कपडा कोचिएको थियो। घाइते अवस्थामा फेला पर्दा रिचेनको पनि मुखमा कपडा नै थियो। कृष्णले छोरालाई पनि उही तरिका सिकाएको खुलेको छ।

प्रहरीले घटनापछि रश्मीलाई खोजि गर्ने क्रममा बा १ ज ९६५ नम्बरको ट्याक्सीभित्र बसिरहेको अवस्थामा सेतो पुलमा फेला पारेको हो। प्रहरीका अनुसार कृष्णका दुवै छोराछोरीको मानसिक अवस्था कमजोर पाइएको छ ।