२६ असार २०८३, शुक्रबार

कार्यदलको बैठक सकियो, अझै भएन सहमति

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन जारी कार्यदलको बैठक सकिएको छ ।

मंगलबार बिहान बसेको कार्यदलको बैठक कार्यादेश टुंगाउने विषयमा सकारात्मक छलफल भएको रास्वपाका सांसद शिशिर खनालले जानकारी दिनुभयो ।

आजको बैठकमा भएको छलफल पछि सबै आ-आफ्नो दलमा छलफल गरेर फेरि अर्को बैठक आजै दिउँसो बस्ने रास्वपा नेता खनालले जानकारी दिनुभएको छ ।