१ कार्तिक २०८३, आइतबार

महालक्ष्मी विकास बैंकको ३०औँ वार्षिकोत्सवमा विविध कार्यक्रम

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेड सोमबारदेखि ३०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले वित्तीय साक्षरता र्‍याली तथा आफ्ना ८ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

यसका साथै स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग– २०२४, श्रृङखला ३ लगायत विभिन्न कार्यक्रमहरु गरी ३०औँ वार्षिकोत्सव सम्पन्न गरिने बैंकले जनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना शेयरधनी, ग्राहकवर्ग, नियामक निकाय एवं शुभचिन्तकहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा जेठ ६ गते आइतबार आठ शाखा कार्यालयहरुमार्फत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल २९५ पिन्ट रगत संकलन गरेको छ । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३०औँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।

त्यस्तै, केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा जेठ ५ गते शनिबार वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाइल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।

बैंकले जेठ ७ गते, सोमबार केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानिय भेषभूषामा बैंकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरी, बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा आज स्वास्थ्य शिविर र जेठ ९ गते आँखा शिविर सञ्चालन गरिनेछ भने विगत २ वर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको तेस्रो श्रृङखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२४, श्रृङखला ३) १६ टिमको सहभागितामा बैंकले जेठ २२, २३ र २४ गते सञ्चालन गर्ने बताइएको छ ।

“सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र ७ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।