
काठमाडौं, ८ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । आइतबारदेखि नै डलरको भाउको स्थिर रहेको हो ।
त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ पैसा रहेको छ । सोमबार खरिददर १४४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २९ पैसा रहेको थियो ।
आज बेलायती पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा रहेको छ । सोमबार पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७४ पैसाले कारोबार भएको थियो ।
कतारी रियालको मूल्य भने आज पनि स्थिर छ । रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया