२८ असार २०८३, आइतबार

सुनसरीबाट १०५ किलो गाँजा बरामद

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । सुनसरीबाट करिब एक सय पाँच किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले सोमबार साँझ ७ः०० बजे बराहक्षेत्र नगरपालिका-५ स्थित धरान कालाबन्जारको भित्री सडक खण्डबाट गाँजा बरामद गरेको हो ।

सुरक्षा बेस चतराबाट खटिएको मोबाइल गस्तीको टोलीले विशाल चोकबाट कालाबन्जारको जंगलतर्फ आउँदै गरेको अटो नियन्त्रणमा लिइ जाँच गर्दा गाँजा फेला परेपछि बरामद गरेको जिल्ला प्रहरीका डिएसपी शैलेन्द्र थापाले बताउनुभयो ।

उहाँका अनुसार १ ह ६७४२ नं. को अटोलाई शंका लागि चेकजाँच गर्ने क्रममा चार वटा पोकामा प्रतिबन्धित लागू औषध गाँजा फेला परेको हो ।