
काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधि सभा सांसद धनराज गुरुङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्र लेख्नुभएको छ ।
हिजो संसदमा बोल्ने क्रममा गृहमन्त्रीले सांसदहरूलाई विभिन्न लाञ्छना लगाएको भन्दै कारबाही गर्न गुरूङले माग गर्नुभएको हो । प्रतिनिधि सभाको रोस्ट्रमबाट तथ्यहीन, आधारहीन कुरा गरेर सांसदहरूमाथि नै मानमर्दन गर्न खोजेको र नागरिकलाई भ्रममा पार्न खोजेको पत्रमा उल्लेख छ ।
‘अदालतले गरेको फैसलामाथि धावा बोलेको, अदालतको निर्णयको बर्खिलाप गरी अदालतको समेत अवहेलना गरेको, अदालतबाट सफाइ पाइसकेको रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी आम नागरिकमा भ्रम सृजना गर्न खोजेको, आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति दिएको व्यहोरा स्मरण गराउन चाहन्छु,’ सभामुखलाई पठाएको पत्रमा भनिएको छ ।









प्रतिक्रिया